ओलिको भाषण रेकर्ड गरेर राख्नुहोलाः माधव नेपाल



एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्नुपर्ने  भन्दै समाज र संस्कृतिको कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओली आफै मर्यादा भन्दा बाहिर गएको आरोप लगाएका छन।। नागरिक समाजका अगुवाहरुसँगका विपक्षी गठबन्धनद्वारा गरिएकोछलफलमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ‘ र भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’नेता नेपालले आफू पार्टीको नेताको हैसियतमा नआएको भन्दै गठबन्धन भनेको संविधानको रक्षाका लागि रहेको र यसमा आफू विचलित नहुने पनि बताए ।नेपालले अहिले भइरहेको लडाई व्यक्तिका विरुद्ध नभई प्रवृत्तिका विरुद्धको लडाई भएकोमा जोड् दिए।

प्रकाशित मिति : असार १४, २०७८ सोमबार  ६ : ५९ बजे