काठमाडौँ उपत्यकामा मंगलबारदेखि सार्वजनिक सवारी साधन चल्न थालेका छन्।सरकारले २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेसगै उपत्यकामा सार्वजनिक सवारी साधन चल्न थालेका हुन ।
सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा असार २१ गतेसम्म लम्ब्याउने तर खुकुलो बनाउँदै लैजाने निर्णय गरेको थियो।
हिजोको निर्णय अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ ।
निषेधाज्ञा शुरु भएको दुइ महिना पछी उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका हुन ।








