बुधबारबाट मनसुन थप सक्रिय , बाढीकाे जाेखिम उच्च, सतर्क रहन आग्रह



मनसुन आजबाट थप सक्रिय भएपछि देशका विभिन्न नदीहरुमा बुधबार बाढी आउने भएकाेले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ।

बुधबारदेखि मनुसुनी गतिविधि फेरि सक्रिय बनेकाे र अधिकांश भूभागमा अति भारी वर्षा हुने भएकाले बाढीकाे जाेखिम बढेकाे महाशाखाले जनाएकाे छ। आज पूर्वी राप्ती, कमला, वाग्मती र कन्काई जलाधारका केही सहायक नदीहरुमा मध्यमदेखि भारी वर्षा भई पानीको बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

तमोर, भोटेकोसी, सुनकोसीलगायत कोसीका सहायक नदीहरुसहित त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माब्दीलगायत नारायणीका सहायक नदीहरुमा पनि बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबारदेखि मनुसुनी गतिविधि फेरि सक्रिय बनेकाे र अधिकांश भूभागमा अति भारी वर्षा हुने भएकाले बाढीकाे जाेखिम बढेकाे महाशाखाले जनाएकाे छ।

प्रकाशित मिति : असार १६, २०७८ बुधबार  १० : १६ बजे