मनसुन आजबाट थप सक्रिय भएपछि देशका विभिन्न नदीहरुमा बुधबार बाढी आउने भएकाेले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ।
बुधबारदेखि मनुसुनी गतिविधि फेरि सक्रिय बनेकाे र अधिकांश भूभागमा अति भारी वर्षा हुने भएकाले बाढीकाे जाेखिम बढेकाे महाशाखाले जनाएकाे छ। आज पूर्वी राप्ती, कमला, वाग्मती र कन्काई जलाधारका केही सहायक नदीहरुमा मध्यमदेखि भारी वर्षा भई पानीको बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
तमोर, भोटेकोसी, सुनकोसीलगायत कोसीका सहायक नदीहरुसहित त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माब्दीलगायत नारायणीका सहायक नदीहरुमा पनि बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबारदेखि मनुसुनी गतिविधि फेरि सक्रिय बनेकाे र अधिकांश भूभागमा अति भारी वर्षा हुने भएकाले बाढीकाे जाेखिम बढेकाे महाशाखाले जनाएकाे छ।








