अविरल वर्षापछि राजमार्गहरू अवरूद्ध, नदीहरुको सतह खतराकाे बिन्दुमा



अविरल वर्षापछिको बाढि पहिरोले देशभरिका बिभिन्न राजमार्गहरु अबरुद्द गरेको छ भने देशका विभिन्न नदीहरुकाे जलसतहले खतराको तह पार गरेको छ।वर्षापछि आएको पहिरोले पृथ्वीराजमार्गका विभिन्न ठाउँ अवरूद्ध छ।राजमार्गको तनहुँ, धादिङ र चितवनका विभिन्न ठाउँमा लेदोसहित बाढीले सडकखण्ड अवरूद्ध छ।

पृथ्वी राजमार्गको तनहुँ-पोखरा सडकखण्ड पनि अवरूद्ध छ। शुक्लागण्डकी वडा नम्बर ५ स्थित कुम्ले खोलामा पहिरो झरेको छराजमार्गको तनहुँ, धादिङ र चितवनका विभिन्न ठाउँमा लेदोसहित बाढीले सडकखण्ड अवरूद्ध छ।

नारायणीकाे सहायक नदी मर्स्याङ्दी विमलनगर जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाे र याे अझै बढ्दाे क्रममा रहेकाे महाशाखाले जानकारी दिएकाे छ।यसबाहेक कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर रहेकाे तर काेशी नारायणी, बागमती र यसका सहायक नदीहरुमा बहाव बढ्दाे क्रममा रहेकाे महाशाखाले जनाएकाे छ।

कोशीका सहायक नदीहरु तथा त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायत नारायणीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाकाे पूर्वानुमान छ।बिहीबार दिउँसाे पश्चिम राप्ती, बबईमा बहाव सामान्य रहने तर पूर्वी राप्ती र कन्काई जलाधारका केही सहायक नदीमा मध्यमदेखि भारी वर्षा भइ बहाव उल्लेख्य बढ्ने र सतर्कता तहसम्म पुग्ने अनुमान गरिएकाे छ।

सिन्धुपाल्चोकका शेर्माथाङ, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुकादेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको छ ।थप वर्षा हुने सम्भावना रहेको छ । मेलम्ची बजारलगायत तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : असार १७, २०७८ बिहिबार  ९ : ३० बजे