राष्ट्रिय सभाको आठौं अधिवेशन आजबाट शुरू हुदै



राष्ट्रिय सभाको आठौं अधिवेशन बिहीबारदेखि शुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बिहीबार अपरान्ह ४ बजेका लागि बोलाएकी छिन् ।अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनको सबै तयारी पूरा भएको बताएका छन् ।

उनले अधिवेशनमा विधेयकका साथै समितिका प्रतिवेदन तथा संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने बताए । राष्ट्रिय सभामा हाल १९ वटा विधेयक रहेका छन् ।अधिवेशनका लागि बैठकमा सहभागी हुने सदस्य, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीहरुको बुधबार एन्टिजेन परीक्षणसमत गरिएको छ ।

प्रकाशित मिति : असार १७, २०७८ बिहिबार  १२ : २७ बजे