राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने इच्छा व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले अनपेक्षित रुपमा बिहीबारबाट शुरु भएको राष्ट्रियसभाको आठौँ अधिवेशनमा सम्बोधन गर्ने इच्छा व्यक्त गरेकी हुन।
आगामि आइतबार वा सोमबार राष्ट्रियसभाको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।संविधानको धारा ९५ को उपधारा १ मा चाहेको अवस्थामा राष्ट्रपतिले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्न सक्ने व्यवस्था रहेको उनले बताए।राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न चाहेको जानकारी गराएका हुन् ।तर सम्बोधनको मिति भने टुङ्गो लागिनसकेको उनले जानकारि गराए।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।प्रधानमन्त्री ओली र भण्डारीबीच करिब डेढ घण्टा कुराकानी भएको स्रोतले बतायो । प्रधानमन्त्री ओली दिउँसो १२ः ४० बजे शीतल निवास छिरेका थिए। भेटवार्ता सकेर अहिले ओली शीतल निवासबाट बाहिरिएका छन्।








