नेविसंघका नेताको पहलमा ओखलढुंगामा स्वास्थ्य सामग्री



कोरोना कहरलाई मध्यनजर गर्दै नेविसंघका दुइ नेताले स्थानीय तह मार्फत स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै नेताहरु डेकराज भट्टराइ र भिमकुमार गौतमले सुनकोशी र मोलुङ गाउपालिका लाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

नेविसंघका केन्द्रीय सदस्य डेकराज भट्टराई र पुर्ब केन्द्रिय सदस्य श्री भिमकुमार गौतमको पहलमा सुनकोशी र मोलुङ गाउपालिका मार्फत स्थानीय नागरिकलाई सेवा दिन स्वास्थ्य सामग्री सहयोग गरिएको हो । विभिन्न निकायसंगको पहलमा सर्जिकल मास्क, पल्स अक्सिमिटर, थर्मलगन, थर्ममिटर, अक्सीजन कन्सन्टेटर, सेनीटाइजर, अक्सीजन शिलिण्डर, सर्जिकल ग्लोब्स लगायत सामाग्री पालिकालाई उपलब्ध गराएको नेता भिम कुमार गौतमले जानकारी दिनुभयो ।

कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण संक्रमण नघटेको र आगामी दिनमा पूनः यो रोगले सताउन सक्ने अवस्थालाई आँकलन गरेर नागरिकको जिवन रक्षाका लागि सानो भएपनि सहयोग गरेको नेविसंघका केन्द्रीय सदस्य डेकराज भट्टराइले बताउनुभयो । स्थानीय तह मार्फत त्याहाका नागरिकले सेवा पाउने भएकाले आफुहरुले स्थानीय सरकारलाई सामग्री हस्तान्तरण गरेको वाहाको भनाइ छ ।

वाहाहरुले सुनकोशी गाउपालिकामा पालिका प्रमुख रुद्र प्रसाद अधिकारी र मोलुङ गाउपालिकामा उपप्रमुख हेमकुमारी तामाङलाई सामग्री हस्तान्तरण गरेको बताइएको छ । आगामी दिनमा समेत आफुहरुले गाउका नागरिकको समस्यामा आवश्यक सहयोग र सहकार्य गर्ने नेता भिम कुमार गौतमले बताउनुभएको छ ।

प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार  ११ : ५० बजे