मनसुनी गतिविधिको प्रभाव केही कम भएपनी आज देशका केही स्थानमा भारी वर्षा भने हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज बिहानैबाट प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।









