पछिल्लो २४ घण्टामा देशमाथप १६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।४ हजार ८७६ जनाको पिसिआर र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
तेस्तै गत २४ घण्टामा २७ जनाले ज्यान गुमाएका छन । यससगै हालसम्म ज्यान गुमाउनेको संख्या ९ हजार २२५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा २५ सय ५२ संक्रमित निको भएका छन् ।।
नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४४ हजार ६२२ जनामा र एन्टिजेन परीक्षणबाट ३८ हजार ११७ जनामा कोरोना संक्रमण पाइएको छ ।त्यसमध्ये ६ लाख ९ हजार २१८ संक्रमित निको भएका छन् ।










