शनिबार २,१६९ जनामा संक्रमण पुष्टी , २२ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा दुई हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१० हजार ४१७ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमणा पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २२ जनाले ज्यानअ गुमाएका छना ।योसँगै नेपालमा कोरोनाका कारण ज्यानअ गुमाउने–नेको संख्या नौ हजार ३६२ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति : असार २६, २०७८ शनिबार  ७ : १६ बजे