कोभ्याक्स अन्तर्गत नेपाललाई १६ लाख डोज खोप दिने जापानको घोषणा



जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप अनुदान स्वरूप दिने भएको छ । कोरोना भाइरसविरुद्ध जापानमा नै उत्पादन गरिएको एस्ट्राजेनेकाले विकास गरेको खोप जापान सरकारले नेपाललाई दिने भएको हो ।

जापानका विदेश मामिलाका मन्त्री मोटेगी तोशिमिट्सुले मङ्गलवार कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।यस्तै नेपाल स्थित जापनीज दूतावासले आउँदो महिना ९जुलाईको मध्य र अगस्तको अन्तिमतिर० नेपाललाई खोप उपलब्ध गराउने जानकारी दिएको छ ।

खरिद व्यवस्था सकिएपछि खोप कहिले नेपालमा अवतरण गर्ने भन्ने मिति टुङ्गो लाग्ने दूतावासले जनाएको छ । कोरोना भाइरसको महामारीकाबेला जापानले विभिन्न माध्यमबाट नेपाललाई सहयोग गर्दै आएको छ ।यसबीच जापनले १६ लाख डोज खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने भएको हो ।

प्रकाशित मिति : असार २९, २०७८ मंगलबार  ३ : ३७ बजे