पछिल्लो २४ घण्टामा देशमा थप २३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २३९८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २०७८ संक्रमित निको भएका छन् ।यससगै हालसम्म ६ लाख २३ हजार १०५ जना संक्रमणमुक्त भएका छन । मंगलबार कोरोनाबाट ज्यान गुमाउनेकोको संख्या १२ रहेको छ ।यससगै हालसम्म ज्यान गुमाउनेको कुल संख्या ९ हजार ४१२ पुगेको छ।










