भोलिदेखि लामो दूरीका सार्वजनिक सवारी साधन चल्न दिने तयारी भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला ९काठमाडौं, ललितपुर र भक्तपुर०का प्रमुख जिल्ला अधिकारीले यस्तो तयारी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सर्वसाधारण नागरिकलाई लक्षित गर्दै सार्वजनिक सवारी सञ्चालनको तयारी गरिएको बताउँछन् । ‘‘लामो दूरीका सार्वजनिक सवारी नचल्दा सर्वसाधारण मारमा परेका छन् । अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल अपनाएर गाडी चल्न दिने भन्ने छ । जोर–बिजोरका आधारमा चल्न दिने कि अन्य प्रावधानबाट चल्न दिने भन्नेबारे आज बैठक बस्दैछौँ,” उनले भने ।
प्रजिअ निरौलाका अनुसार अत्याधिक भिडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, जिमखाना, स्वीमिङपुल, पार्टिप्यालेस, मठमन्दिरहरुको हकका पहिला कै नियम कायम गरिनेछ ।यसअघि छोटो दूरीका सबै किसिमका सार्वजनिक सवारी साधन सञ्चालनमा आइसकेका छन् । २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली पनि हटिसकेको छ । व्यापारिक प्रयोजनका क्षेत्रहरु पनि सञ्चालनमा आइसकेका छन् ।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो दश दिन थप गरिएको निषेधाज्ञा आज बेलुका राति १२ बजे सकिँदैछ । काठमाडौं उपत्यकामा दैनिक पाँचसयको हाराहारीमा संक्रमण फैलिरहेको छ ।








