काठमाडौँ उपत्यकाभित्र जारी निषेधाज्ञा थप खुकुलो बनाउदै १० साउनसम्म थप गरिएको छ । थपिएको निशेधाज्ञामा काठमाडौँ उपत्यकामा अत्यावश्यक कामले आउँदा अब पास नचाहिने भएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको संयुक्त बैठकले उपत्यकामा १६ वैशाखबाट जारी निषेधाज्ञालाई पुनः एक साता थप गर्ने निर्णय गरेको हो । बैठकले अत्यावश्यक कामले उपत्यका प्रवेश गर्दा पास नचाहिने निर्णयसमेत गरेको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले १० साउनसम्मका लागि निषेधाज्ञा थप गरिएको र अत्यावश्यक कामले उपत्यका प्रवेश गर्दा शुक्रवारदेखि पास नचाहिने निर्णयसमेत भएको जानकारी दिइन् ।
उनका अनुसार अब पसल व्यवसायसमेत बेलुकी ७ बजेसम्म खोल्न पाइने छ । यसअघि साँझ ६ बजेसम्म मात्रै पसल व्यवसाय सञ्चालन गर्न पाइने निर्णय भएको थियो ।अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेण्ट एवम फास्ट फुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ।
गोष्ठी, बैठक, तालिक, सेमिनार जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गरिनुपर्नेछयस्तै पूर्व निर्धारित सबै परीक्षाहरु पनि भौतिक दुरी कायम गरी सञ्चालन गरिनुपर्नेछ। हल तथा कोठाको आकार अनुसार २५ जना भन्दा बढी विद्यार्थी भेला नहुने गरी परीक्षा सञ्चालन गरिनुपर्नेछ।एउटा सिफ्टका सबै विद्यार्थीहरु परीक्षास्थलबाट बाहिरिएपछि मात्र अर्को सिफ्टसँग सम्बन्धित विद्यार्थीहरु प्रवेश गर्न मिल्ने गरी फरक समय राखिनुपर्नेछ।








