विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका अरु खतरनाक भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ। डब्लुएचओको आपतकालीन समितिले बिहिबार आयोजित एक कार्यक्रममा यो भेरिएन्ट फैलिएको अवस्थामा बिश्वभर महामारी रोक्न झनै अप्ठयारो पर्ने जनाएको छ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेन्ड्रोस एडह्नामका अनुसार कोभिड १९ को महामारी छिट्टै सकिन्छ भनेर गलत धारणा बनाईनु चिन्ताको बिषय भएको उक्त कमिटिको अध्ययनमा उल्लेख छ। कोभिड १९ को महामारी सकिने बिन्दुको नजिक पनि हामि नपुगेको उक्त कमिटिले बताएको एडह्नामको भनाई छ।
यसको साथसाथै उनले भनेका छन्, ‘कमिटिले चिन्ता गरेको छ, कोभिड १९ को नयाँ र सम्भवतस् अझ बढी खतरनाक ‘भेरिएन्ट अफ कन्सर्न’ देखिने सम्भावना अत्यधिक छ, जस कारण यो महामारीलाई नियन्त्रण गर्न अझ बढी कठिन र चुनौतिपूर्ण हुनेछ।’
नेपाल लगायतका बिश्वभर कोभिड १९ को खोप पश्चात अवस्था सामान्य हुने अपेक्षा गरिएको छ। नेपाल लगायतका बिकसित र अल्पविकसित देशहरुले कोभ्याक्स अन्तर्गत तथा मित्र राष्ट्रहरुको सहयोगमा आफ्ना नागरिकहरुलाई कोभिड १९ बिरुद्दको खोप लगाउनलाई तिब्रता दिएका छन्।
तर कोभिड १९ बिरुद्दको खोप पश्चात अवस्था सामान्य हुने अपेक्षा गरिएका बेला बिश्व स्वास्थ्य संगठनका उच्च अधिकारिहरुबाट यस्तो प्रतिकृया आउनुले सर्वसाधारणमा चिन्ता थपिएको छ।एजेन्सी










