काठमाडौं यी ठाउँमा लगाइँदैछ जोन्सन एण्ड जोन्सनको खोप ?



काठमाडौं महानगरपालिकाले अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आजबाट २८ वटा खोप केन्द्रबाट लगाइँदै छ । नेपाललाई उपहार स्वरुप अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज दिएको खोप एक डोजमात्र लगाए हुन्छ ।

आजबाट उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।

यी हुन् काठमाडौं महानगरले तोकेका खोप केन्द्र

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  ११ : ५६ बजे