लोकल रक्सी सेवनबाट ४ जनाको मृत्यु



बागलुङमा ‘लोकल’ रक्सी पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् । विषाक्त मदिरा सेवनबाट जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा ५१ वर्षीय रेखबहादुर राना, २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेका छन् । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  १० : ३० बजे