मंगलबार ३ हजार भन्दा बढीमा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर ३ हजार धेरै संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मंगलबार १३ हजार ३ सय ३५ जनाको परिक्षणमा ३१०८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । मंगलबार १५९५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाँउमा भाइरसको संक्रमणबाट २५ जनाले ज्यान गुमाएके मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ४ : ५४ बजे