जल तथा मौसम विज्ञान विभागले आजदेखि बुधबारसम्म देशभर बर्षा हुने जनाएको छ । विभागले आइतबार साँझ जारी गरेको विशेष मनसुन बुलेटिन–६ अनुसार बिस्तारै न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइरहेकाले यसका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना बढेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मंगलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना हुने देखिएको छ।
यस्तै बुधबार देशैभरी धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा थोरै स्थानमा भारीरधेरै भारी वर्षाको सम्भावना छ। बुलेटिनमा सचेत गराउँदै भनिएको छ, ‘आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबारसम्म दैनिक वर्षाको सम्भावना यस्तो छ:
साउन ११ गते सोमबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
साउन १२ गते मंगलबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं. १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं. १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
साउन १३ गते बुधबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना छ।








