पछिल्लो २४ घण्टामा देशभर ३ हजार धेरैमा संक्रमण पुष्टि भएको छ । सोमबार १७ हजार २७२ स्वाब परीक्षण गर्दा तीन हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकाएक कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ। हिजोको तुलनामा एक हजारभन्दा बढी संक्रमित थपिएका हुन् । आइतबार दुई हजार २३७ जनामा कोरोना देखिएको थियो।
आइतबार १६ जनाको मृत्यु भएको थियो भने कोरोना संक्रमणबाट आज २५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ७३८ पुगेको छ।
आइतबार दुई हजार ५० जना निको भएका थिए भने पछिल्लो २४ घण्टामा एक हजार ६८६ जना निको भएका छन्। सक्रिय संक्रमितको संख्या पनि बढेर २७ हजार ९०८ पुगेको छ।










