एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न सबै प्रदेशलाई स्वास्थ्य मन्त्रालयको निर्देशन



कोरोना महामारिको तेश्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा कम्तीमा एक हजार अक्सिजनका सिलिण्डर भरेर तयारी राख्न निर्देशन दिएको छ ।

विगतका दिनहरुमा जस्तै कोरोना संक्रमणको दर तीब्र रुपमा बढ्न गई अर्को लहर आउन सक्ने सम्भावना रहेको भन्दै उक्त सम्भावित चुनौतीको सामना गर्नका लागि प्रदेश आपूर्ति केन्द्रहरुलाई अक्सिजन सिलिण्डर भरेर राख्न निर्देशन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी सिलिण्डरहरु खाली नराख्न र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेसनहरु चालु र चुस्त अवस्थामा राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  ८ : ५० बजे