कोभिड- १९ को नयाँ म्युटेन्ट भेटियो, सतर्क हुन मन्त्रालयको आग्रह



नेपालमा कोभिड-१९ को डेल्टा प्रजातिको अर्को नयाँ भाइरस भेटिएकोले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

४७ नमुना परिक्षण गर्दा तीनवटामा डेल्टाको नयाँ म्युटेन्ट पुुष्टि भएको मन्त्रालयले बिज्ञप्तिमार्फत जनाएको छ ।

भेटिएका नयाँ भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको समेत मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ६ : ३६ बजे