गुल्मीको मुसिकोट नगरपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको लु१ज-४५६५ नम्बरको जिप मुसीकोटको दोभान भन्ने ठाँउमा दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको हेो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेका छन् ।
मृतक एक महिलाको सनाखत हुन बाँकी रहेको प्रहरी जनाएको छ ।
दुर्घटनामा अरु सात जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिदै छ ।
दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।








