काठमाडौं महानगरपालिकाले ५० वर्षमाथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध भेरोसेल खोप लगाउने भएको छ। महानगरले बिहीबार उक्त उमेर समूहका नागरिकलाईखोपको पहिलो मात्रा लगाउने तयारी गरेको हो ।
आज महानगरपालिकाले बिहान १० देखि अपरान्ह ५ बजेसम्म ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूबाट खोप लगाइने भएको हो ।
महानगरका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँवरका अनुसार आज भेरोसेलको पहिलो मात्राको खोप लगाउने कार्यक्रम छ।
नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर गएमा खोप लगाउन पाइन्छ।










