आज यी प्रदेशमा भारी बर्षा हुने



जल तथा मौसम विज्ञान विभागले मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली हुनुका साथै गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार  ९ : २९ बजे