नेपालमा पछिल्लो एक साता यता कोरोना संक्रमणदरमा बृद्धि भएको हो । बिहीबार ३ हजार ३ सय ६५ जनाा संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको सख्या ६ लाख ९० हजार नाघेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३५ लाख ८४ हजार ४१९ परीक्षणमा कुल संक्रमित मध्ये ६ लाख ५० हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, मन्त्रालयका अनुसार ,सबैभन्दा धेरै काठमाडौं जिल्लामा २ लाख १५ हजार ७५९ जना संक्रमितको संख्या रहेको छ भने १९ सय ५५ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै, २ लाख ७ हजार ८ सय ६६ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार ९ सय ३८ जना संक्रमित उपचारको क्रममा रहेका छन् ।
यसैगरी, भक्तपुर जिल्लामा २२ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म २४ हजार १२३ जना कुल संक्रमितको संख्या रहेको छ । भक्तपुरमा हालसम्म ३ सय ८४ जना संक्रमितको कोरोनाबाट निधन भएको छ । त्यस्तै, ११ सय ९ जना संक्रिय संक्रमितको संख्या रहेको छ ।
मन्त्रालयको अनुसार ललितपुरमा कुल ४० हजार ६५२ जना कोरोना संक्रमित भएका छन् । सक्रमित मध्ये ३८ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् भने ५ सय ९१ जना संक्रमितको मृत्यु भएको छ । हाल १३ सय ९४ जना संक्रमितको उपचार भइरहेको छ ।










