शुक्रबार ३६ सय ११ जनामा संक्रमण पुष्टि, २७ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ३६ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ६६१ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेकोको संख्या २७ रहेको छ ।यससगै कोरोनाबाट ज्यान गुमाउनेकोको संख्या ९ हजार ८३४ पुगेको मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

देशमा हाल कोरोना निको हुने दर ९४ .१ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  ५ : ०७ बजे