कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका चार जना मध्ये एक जनाको शव फेला परेको छ । आइतबार पल्टिएको छ । सुर्खेतको चौकुने र कैलालीको मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा डुंगा पल्टिँदा एक गर्भवती महिला सहित ४ जना बेपत्ता भएकामा एक जनाको शव फेला परेको हो ।
शव भेटिनेमा एक महिला रहेकी छन् भने गर्भवती महिलासहित अन्यको अवस्था अज्ञात छ । यस्तै एक बालकलाई उद्दार गरेर मोहन्याल गाउँपालिकाको शोल्टा स्वास्थ्य चौकिमा पठाईएको छ ।
कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा आउने क्रममा डुंगा पल्टिएको उनले बताए । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
उनका अनुसार बेपत्ता भएका व्यक्तिहरुको प्रहरी र स्थानीयद्धारा खोजी कार्य जारी छ ।








