प्रसुती तथा स्त्री रोग अस्पतालमा गौतम



कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख सरुवा भएका छन् । प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो ।

मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालबाट हटाएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा। गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।

यसैबीच स्वास्थ्य समन्वय शाखामा विवेकलाल कर्णलाई सरुवा गरिएको छ ।

प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार  ४ : ०६ बजे