सोमबार ३१२५ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर ३ हजार बढीमा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार १३ हजार ८ सय ११ जनाको नमुना परिक्षणमा ३१२५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर विभिन्न अस्पतालबाट १९२५ जना डिस्चार्ज भएका छन् भने २३ जनाको संक्रमणबाट मृत्यु भएको हो ।

प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार  ४ : ५४ बजे