सरकारले साउन २२ देखि खोप अभियान सञ्चालन गर्ने : यी व्यक्तिलाई लगाइँदै छ भेरोसेलको दोस्रो डोज खोप



सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान साउन २२ गतेदेखि देशैभर सन्चालन गर्ने भएको छ ।

यस अघी असार २९ गतेदेखि भेरोसेलको पहिलो डोज खोप दिइएका ५५ वर्षभन्दा माथिका पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिहरूलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सुरु हुने भएकाले सोही अनुसार अभियान सन्चालन गर्न मन्त्रालयले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ ।

मन्त्रालयको निर्णय अनुसार स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार  ११ : ४२ बजे