सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान साउन २२ गतेदेखि देशैभर सन्चालन गर्ने भएको छ ।
यस अघी असार २९ गतेदेखि भेरोसेलको पहिलो डोज खोप दिइएका ५५ वर्षभन्दा माथिका पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिहरूलाई दोस्रो डोज खोप दिन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सुरु हुने भएकाले सोही अनुसार अभियान सन्चालन गर्न मन्त्रालयले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ ।
मन्त्रालयको निर्णय अनुसार स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।










