बाजुराका दुइ बालवालिकाको औषधि खाएलगत्तै मृत्यु भएको छ । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर ल्याएको औषधी खाए लगत्तै दुई बालबालिकाको मृत्यु भएको छ ।
बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो । दिल्लीको शालिमारबागमा बस्दै आएका विकले स्थानिय शुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले छोराछोरीलाई खुवाएका थिए
क्लिनिकका डाक्टर बेदकुुमार गर्गले दिएको उक्त औषधि खाएपछि १०/१० मिनेटको फरकमा दुवै दिदी-भाइको मृत्यु भएको विकले बताए । उनीहरुको मृत्युुपछि डाक्टरका नाममा विकको परिवारले स्थानीय शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिएका छन् ।
अहिले ती डाक्टरलाई प्रहरीले निगरानीमा राखे पनि नियन्त्रणमा नलिएको पीडित पक्षको भनाइ छ । मृतक दुवै जनाको मंगलबार हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।








