बुधबार ४ हजार धेरैमा संक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा मृत्यु ३५ जनाको मृत्यु भएको छ ।

हालसम्म ३९ लाख बढीको कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।

यसअघि मंगलबार देशभर ३३८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार  ४ : ३४ बजे