साउन ३१ देखि शुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछी आवश्यक निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ ।
कोरोना संक्रमणको जाेखिम बढेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै सीसीएमसीमा पत्र पठाएको थियो ।
स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फतसो जानकारी दिएका छना ।
कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले ट्वीटरमा उल्लेख गरेका छ्न् ।
कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।
— Umesh Shrestha (@PMOStateMin) August 6, 2021










