कक्षा १२ को परीक्षा स्थगित हुँदै



साउन ३१ देखि शुरु हुने भनिएको  कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछी आवश्यक निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ ।

कोरोना संक्रमणको जाेखिम बढेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै सीसीएमसीमा पत्र पठाएको थियो ।

स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फतसो जानकारी दिएका छना ।

कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले ट्वीटरमा उल्लेख गरेका छ्न् ।

प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार  ७ : ४१ बजे