आइतबार २५४८ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार १२ हजार ३ सय ७८ जनाको परिक्षमा २ हजार ५ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २९ संक्रमणमुक्त भएका छन् । देशभर संक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ जना रहेका छन् भने ५५ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : श्रावण २४, २०७८ आईतबार  ४ : १३ बजे