प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको घटनामा नेपाल प्रहरिका एसपीसहित ३५ जना कारबाहीको सिफारिसमा परेका छन । शान्ति मिसनमा अब्जर्भरका रुपमा जाने प्रहरी अधिकारीका लागि प्री-स्याट परीक्षा लिइएको थियो
उक्त परिक्षाका चार वटै सिफ्टका प्रश्नपत्रहरु बाहिरिएको घटनाको छनबिन गरेको समितिको निष्कर्ष छ।प्रहरी प्रधान कार्यालयले १५ र १६ साउनमा दुई–दुई सिफ्ट गरी चार सिफ्टमा प्रि–स्याटको परीक्षा सञ्चालन गरेको थियो।
उक्त परिक्षाको प्रश्नपत्र लिक भएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
छानबिन समितिले प्रश्नपत्र निकाल्न प्रत्यक्षरुपमा सहभागी दुई जना प्रहरी अधिकारीलाई बर्खास्त गर्नेसम्मको सिफारिस गरेको प्रहरी श्रोतले जनाएको छ ।








