पछिल्लो २४ घण्टामा देशभर ३४८१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ५६ जनाको परिक्षणमा ३४८१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८८५ जना संक्रमणमुक्त भएको जनाएको छ । बुधबार ३० जनाको कोरोना भाइरसको संक्रमण बाट मृत्यु भएको छ ।










