नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौं उपत्यकामा साँझ ८ बजेपछि काठमाडौँ उपत्यकामा सवारी साधन चल्न नदिने भनेर गरिएको निर्णयमा प्रश्न गरेका छन् ।बिहिबार प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राखेको धारणामाथि प्रश्न सोध्न क्रममा थापाले साझँ संक्रमण बढ्दै जाने बिहान घट्दै जाने यसको अध्ययन कहाँ भएको भन्दै प्रश्न गरेका हुन् ।
‘साँझ ८ बजेपछि काठमाडौं लगायतको ठाउँमा संक्रमण बढ्दै जाने बिहान घट्दै जाने यसको अध्ययन कहाँ भएको हो ?’ उनले प्रश्न गरे ।
स्वास्थ्य मन्त्रालयले दोस्रो लहर कहिले सकियो र तेस्रो लहर भनेर प्रचार गरेको भन्दै थापाले प्रश्न गरेका छन् । स्वास्थ्यमन्त्रालयले कुन अध्ययनको आधारमा यस्तो भन्दैछ भनेर सोधेका हुन् ।
‘खोपको लागि सरकारले गरेको काम प्रशंसनीय छ । व्यवस्थापन किन यति कमजोर ? तेस्रो लहर भनिँदैछ । दोस्रो लहर कहिले सकियो ? स्वास्थ्य मन्त्रालय कुन अध्ययनको आधारमा भन्दै छ ? प्रमाणीक अध्ययन के हो ?’ उनले प्रश्न गर्दै भने, ‘तेस्रो लहरमा बालबालिकालाई खतरा भनेर स्वास्थ्य मन्त्रालय भन्छ । विद्यार्थीहरु बिना खोप हलमा बसेर परीक्षा दिन बाध्य छन् । पोजेटिभ भएरै हलमा बसेर परीक्षा दिनुपर्ने अवस्था छ ।’










