महेश्वर श्रेष्ठ मन्त्रालयमा सरुवा



लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख महेश्वर श्रेष्ठलाई मन्त्रालयमा तानिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रालयमा तान्ने निर्णय गरेको हो ।

उनलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो विज्ञ सल्लाहकारको जिम्मेवारी दिने तयारी गरेका छन्। स्वास्थ्य शिक्षा समूहका ११औं तहका श्रेष्ठ समायोजनका क्रममा प्रदेश तालिम केन्द्रमा परेका थिए।

जनस्वास्थ्य संघका केन्द्रीय महासचिव समेत रहेका श्रेष्ठ लामो समयदेखि काठमाडौं बाहिर रहेर सेवा गर्दै आइरहेका थिए।

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  ११ : ३५ बजे