मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित



विपक्षी दलको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।नवौँ अधिवेशनअन्तर्गत आजको पहिलो प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि भोलि बुधबार दिउँसो १ बजेम्मका लागि स्थगित भएको हो ।

बैठक शुरु भएलगत्तै नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेको संसदीय दलको ह्वीप उल्लङ्घन गर्ने र विधानविपरीत गतिविधि गर्ने दुई जना सदस्यलार्ई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गर्नुभयो । उहाँले विमलाकुमारी खत्री वली र अजय शाहीलाई कारबाही नहुँदासम्म विपक्षी दलले बैठक चल्न नदिने बताउनुभयो ।

बैठकमा सभामुख पूर्णबहादुर घर्तीले कारवाहीको पत्र सचिवालयले प्रक्रियाअनुसार अघि बढाउने बताउनुभयो । त्यसपछि एमालेका सदस्यले उठेर विरोध जनाउनुभएको थियो । विपक्षी दलका सदस्यले टेबुल ठोकिरहँदा सभामुख घर्तीले प्रदेशसभा आह्वान भएको र लुम्बिनीमा नयाँ मन्त्रिपरिषद् गठन भएको जानकारी प्रदेशसभालाई गराएर बुधबार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित गर्नुभएको थियो ।

यसअघि एमालेले सूर्य चिह्न लिएर चुनाव जितेका दाङकी विमलाकुमारी खत्री वली र नवलपरासीका अजय शाहीलाई कारवाही गर्न भन्दै सभामुखलाई पत्र बुझाएको थियो । एमालेले वली र शाही पदमुक्त नहुँदासम्म प्रदेशसभाको बैठक चल्न नदिने जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ५ : ३८ बजे