१६ लाख डोज भेरोसेल खोप नेपाल आउदै



चिनबाट १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको छ । आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो।

नेपालले चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो। चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ।

नेपालमा अहिलेसम्म ५८ लाख डोज भेरोसेल, २४ लाख ४८ हजार कोभिसिल्ड, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।

 

प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार  ७ : ०० बजे