काठमाडौंको क्षेत्रपाटीमा राँगोलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । बिहीबार राति करिब १० बजेपछि कालिमाटी रामघाटस्थितबाट एउटा राँगो दौडेर सडकमा निस्केको रागोले सडकमा आ’तंक मच्याउन थालेपर्छि नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
रामघाटस्थित बधशालामा ट्रकबाट राँगोलाई ओराल्ने क्रममा भागेको राँगोले सवारीसाधन तथा मानिसहरूलाई हान्दै गएपछि राँगोलाई गोली हान्नुपरेको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।
महानगरीय प्रहरी वृत्त कालिमाटीले राँगो त्यसरी सडकमा आएपछि राति नै थप क्षति नपुर्याओस् भन्दै पछि पछि लखेटेको थियो।
राँगोले कालिमाटी प्रहरीको एउटा गाडीमा समेत क्षति पुर्याएको थियो।
टेकूबाट दौडिएको राँगो सुरूमा त्रिपुरेश्वर-थापाथली हुँदै माइतीघर पुग्दा प्रहरीले साइरन बजाएर लखेटेपछि फेरि राँगो सोही बाटो फर्किएको थियो।
फेरि टेकु पुगेर परोपकार, बसन्तपुर, भीमसेनस्थान हुँदै क्षेत्रपाटी पुगेको थियो। त्यहाँको चोकमा पुगेपछि भने प्रहरीले घेरेर गो’ली चलाएको हो। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले एसएलआर बन्दुकबाट चार राउन्ड गोली चलाएर मारेको थियो।
यसबाट ठूलो जनधनको क्ष’ति भने नभएको प्रहरीले जनाएको छ।








