शनिबार २ हजार ७५ जनामा संक्रमण पुष्टी, ३० जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कूल १३ हजार ७५ जनाको  परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २३ सय ८२ संक्रमित निको भएका छन् ।

शनिबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० रहेको छ ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।

प्रकाशित मिति : भाद्र ५, २०७८ शनिबार  ५ : ३९ बजे