जापानबाट आइपुग्यो १६ लाख डोज अस्ट्राजेनेका खोप



जापानले सरकारले दिएको १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापानले  कोभ्यासअन्तर्गत दिने १६ लाख १४ हजार ७ सय ४० खोप विभिन्न चरणमा नेपालमा ल्याइएको हो ।

महामारीविरूद्धको लडाइँमा सहयोग गरेको भन्दै नेपाल सरकारले जापानलाई आभार व्यक्त गरेको छ । उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेकालाई दिने बुझिएको छ ।

यस्ते नेपालमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालनमा छ। अभियानमा अक्सफोर्ड आस्ट्राजेनेकाले बनाएको र भारतको सिरम इन्स्टिट्युट अफ इन्डियाले उपत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग गरिएको छ।

तर‚ कोभिसिल्ड खोपले कसरी निर्माण गरियो र यसले कसरी काम गर्छ भन्ने धेरैलाई जानकारी छैन। कोभिसिल्ड खोप एक प्रकार भाइरल भेक्टर अर्थात् आनुवंशिक स्वरूप परिवर्तन गरिएको भाइरस हो। चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकी गराउने एडिनो भाइरसलाई निस्तेज पारेर यो खोप बनाइएको हो।

कसरी काम गर्छ ?

आनुवंशिक स्वरूप परिवर्तन गरिएको भाइरसबाट बनाइएको कोभिसिल्ड खोप मानिसलाई दिएपछि रोग प्रतिरोध प्रणाली बलियो बनाउने र यसले शरीरमा एन्टिबडीहरू बनाउँछ। यसरी बनेको एन्टिबडीले कोरोनासँग लड्न सक्ने विश्वास गरिन्छ।

कोभिसिल्ड खोप दुई मात्रामा लगाउनुपर्ने बताइएको छ। पहिलो डोज खोप लगाएको ८ देखि १२ हप्ताभित्र अर्को डोज खोप लगाउनुपर्ने बताइएको छ। कोभिसिल्ड खोपको प्रभावकारिता ७० प्रतिशतभन्दा बढी रहेको समेत बताइएको छ।

 

प्रकाशित मिति : भाद्र ७, २०७८ सोमबार  १२ : ५० बजे