उपत्यकाका प्रजिअको संयुक्त बैठक सकियो, लम्ब्याइयो निषेधाज्ञा



काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा बढाइएको छ ।

मंगलबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई यही भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएने बताएका हुन् ।

पछिल्लो सय उपत्यकामा कोरोना संक्रमण बढेसंगै जारि निषेधाज्ञाको अवधि थप गर्न मंगलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बसेको थियो ।

यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ।

प्रकाशित मिति : भाद्र ८, २०७८ मंगलबार  १ : ३९ बजे