कांग्रेस सांसद बिनोद चौधरीले गरिखाने अभियानमार्फत देशभर रोजगारी र आर्थिक उपार्जनका अवसर सिर्जना गरिने बताएका छन ।सोमबार काठमाडौंमा नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार समितिले कांग्रेसका जिल्ला सभापतिहरुसँग गरेको छलफलमा बोल्दै समितिका संयोजक समेत रहेका सांसद चौधरीले यस्तो बताएका हुन ।
चौधरिले अब कांग्रेसले आर्थीक बिकासको मुद्दलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।उनले नागरिकहरुलाई अवसरको सिर्जना गर्ने र आर्थीक गतिबिधिमा सहभागी गराउने कार्यक्रम ल्याएर राजनिती र नागरिकहरुलाई उधमशिलतासँग जोड्न गरिखाने अभियान सञ्चालन गरिएको बताए ।
देशमा कांग्रेसलेनै सबै राजनितिक परिवर्तनको नेतृत्व गरेको स्मरण गर्दै चौधरिले अब कांग्रेसकै नेतृत्वमा राजनितिलाई सिर्जना ,उधमशिलता, उत्पादन र रोजगारिसग जोडेर देशलाई सम्बृद्दिको बाटोमा अघी बढाउने गरिखाने अभियानको लक्ष्य रहेको पनि प्रस्ट पारे ।अभियानलाई जिल्लाजिल्लामा पुर्याउन समितिले जिल्ला सभापतिसँग चरणबद्ध छलफल जारी राख्ने पनि उनले जानकारी गराए ।








