नेपाल पछिल्लो २४ घण्टामा देशभर २ हजार बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार १३ हजार १ सय १७ जनाको परिक्षणमा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३७ जना देशभरका विभिन्न अस्पताल तथा होम आइसोलेसनबाट डिस्चार्ज भएका छन भने देशभ ३७ हजार ५ सय ९९ संक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार शुक्रबार २५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।










